सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका निर्विरोध
पाेखरा | बैशाख १, २०८३
पोखरा । सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।
पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भइन् ।
यसैगरी संस्थाको सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ( तारा ) चयन भइन् । सदस्यहरूमा शोभा नेपाल , सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देवीका तामाङ विना थापा मगर निर्वाचित भइन् ।
महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहेको छ ।
यसअघि महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती बास्तोला, पत्रकार महासङ्घ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्वअध्यक्ष स्मिता अधिकारी लगायतले बोलेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

